भर्खरमात्र प्रकाशनमा आएको प्रवाशको कथा र व्याथामा आधरित गजल कृति मुग्लानी अक्षरहरु । आफ्नो घरदेश छोडेर पराई भूमीमा अरुको खटनमा काम गर्न सम्पूर्ण प्रवाशी नेपालीको रहर हैन बाध्यता हो । यो गजलकारको सत्य यर्थात भोगाइका भनाइहरुलाइ समेटिएको पाइन्छ । भोजपुर जिल्लाको अग्राखे कुलुङ् गाउमा जन्मीएर अचेल मलेसियामा प्रवाशी जीवन बिताइरहेका गजलकार कुलुङ्गे राई कान्छोको यो शाव्दीक आवाज मुग्लानी अक्षरहरु गजल सङ्ग्रहमा संग्रहित गजलका प्रत्येक शेररुमा बुलन्द भइरहेको पाइन्छ ।
गजलकार कान्छाको मुग्लानी अक्षरहरु गजल कृती कुलुङ् संघ अग्राखे भोजपुरले प्रकाशनमा ल्याएका हुन् । जम्मा ११२ पृष्ठ रहेको यस कृति भित्र १०१ वटा स्वतन्त्र गजलहरुले फरक फरक विभिन्न किसिमको भावहरुमा बहेका शेरहरु लयवद्ध तरिकाले प्रस्तुत भएका छन् । यो गजल कृतिमा प्रवासका प्रवासी जीवनी सुख र दुःखका बिम्बहरू सतप्रतिशत समेटिएको पाइन्छ । अरवी, उर्दु, फारसी, हिन्दी हुदै नेपालमा भित्रिएको यो गजल विधा अहिले नेपाली साहित्यमा गजलको हुरी सहित सुनामी नै आएकोछ । गजलहरु नियमबद्द तरिका स्वतन्त्र गजल लयमा लेखिएका स्वतन्त्र गजलहरु समावेश रहेको छ । सम्पूर्ण गजलहरुमा गजलकारले मिसरा ए उला र मिसरा ए सानीको तालमेल मिलाउदै धेरैजसो गजलका मक्तामा तख्लुसको प्रयोग गरेर कान्छाले सुनमा सुगन्ध थपेका छन् । विशेष गरि गजलको मुख्य केन्द्र मानिने काफिया हो । पूर्ण र आशिक काफियाहरुको प्रयोग गरेका गजलकारले गजलका शेरहरुका काफियाहरुमा कुनै दोष देखिन्दैन । समयको परिवर्तनसंग प्रवासको सम्पूर्ण कथा ब्याथाहरुलाई गजलका शेरहरुमा उनेर पाठक माझ पस्काउने गजलकारले ठेट नेपाली शब्दको प्रयोग गरेर प्रवासी जीवन भोगाइका दस्तावेज उतारेकाछन् । मेरो ठम्माइमा यो गजल कृति आम पाठकहरुले अध्यान गर्नुनै पर्ने एक कृति हो । जे छ यसै संग्रहभित्र गजलकार कान्छाले संग्रहित गरेका छन् । प्रकृती प्रेममा भावना पोख्दै देशप्रेमको सुन्दरतामा रमाउने गजलकार आफ्नो भाषा र संस्कृतिको मायामा चुर्लुम डुबुल्की मारेकाछन् ।
घर परिवार आफन्त र प्रियसीसंगको लामो समय सम्म भेट नहुदा नैराश्यता छाएको निष्ठूरी समयसंग गुनासोहरु पोखेको पाइन्छ । स्वार्थी दुनिया देशको अहिलेको अवस्था र नेपाली राजनीतिक अवस्थाले गर्दा हामी जनताले झेल्नु परेको दुःख र सास्तीहरुलाई गजल मार्फत छर्लङ्ग पारिएकोछ । वियोगको तड्पाई र पीडाहरु जीवनका साथी हुन् यो गजलकारको मुख्य भनाइ रहेको छ ।
वि.स. २०७३ सालमा पहिलो पटक प्रकाशनमा आएको यो कृतीमा प्रवासीको प्रवासी जीवन दुखेको कुरा स्पष्ट पाउछौ । मुल्याङ्कन हामीले गर्नुपर्छ नेपाली साहित्यको यात्रामा एक स्पष्ट सफल पहिचान बनाउन सफल गजलकार कुलुङ्गे राई कान्छोको यो गजल कृति मुग्लानी अक्षरहरु लाई शुभकामना तथा गजलकारको साहित्य लेखन यात्रामा प्रगतिको कामना व्याक्त गर्दछु ।
-प्रकाश पुष्पक राई (पुमा)
– बेल्टार बशाहा,उदयपुर
– बेल्टार बशाहा,उदयपुर
No comments:
Post a Comment