Wednesday, 23 November 2016

गजल

गजल
मैले साहित्य क्षेत्रमा आएर गजल बनाउँनै सकिन
सामान्य कुरा चुट्टिएको चप्पल बनाउँनै सकिन ||

मैले नजानेको यस भित्र कतै साथ नपाएर होकी
चम्किन खोज्ने त्यो बत्ती हलचल बनाउँनै सकिन ||

उदेश्य लिएर गन्तव्यमा गई जति प्रयास गरे पनि
एकदुईअक्षर सिक्ने चाहना सफल बनाउँनै सकिन ||

मेरो मनभित्र अधुरै रहिरहेकाछन् सोचेका सोचहरु
यथार्थमा हैन मैले सपनाको महल बनाउँनै सकिन  ||

यो जिन्दगीको दौरानमा पनि सधैं हारेर मात्र होला
मैले उसलाई जित्छु भन्ने मनोबल बनाउँनै सकिन ||

सुगम सौगात बुढा जाजरकोटी
झाप्रा ५ जाजरकोट

No comments:

Post a Comment