Wednesday, 23 November 2016

प्रेम पत्र

प्रिया प्रतिमा
धेरै धेरै माया साथमा अविरल सम्झना.....!
हाम्रो प्रेम साच्चै नै अनौठो लाग्छ मलाई किनकी हाम्रो प्रेम अतभुत थियो। मलाई तिमी असाध्यै मन परेको त होइन तर हाम्रो भेट चाँहि एक दामै सुन्दर थियो।जो अहिले भुल्न गाह्रो छ। म तिमीलाई यति धेरै माया गर्छु कि आफैलाई थाहा छैन।

 ................
कारण तिमी राम्री भएर होइन तिम्रो र मेरो आसु मिलेर जस्तो लाग्छ।यसमानेमा तिमी नराम्री भनेको होइन।प्रतिमा हेर न हाम्रो मिलन कस्तो थियो है ? तिमी उता काठमाण्डौंबाट आएकी म कामको शिल्शिलामा त्याहा अाको कस्ते संयोग?
वस्तावमा हामी पहिलो भेटमा कति नजिक भयौं। हाम्रो आसु एउटै थियो। हाम्रो वेदना एउटै थियो । मेरो वेदनाले तिमीलाई व्यतिभुत बनाउथ्यो। भने मलाई तिम्रो आसुले पग्लाई छाड्थ्यो।....उफ....

एउटा कुरा थाहा छ तिमीलाई ..,? तिमीलाई भेटेदेखि मेरा बिगत भुल्दै थिएँ। धरान शहर व्यस्त थियो तर हामी एकअर्कमा खुलामा पाउथ्यौं। हाम्रो भेट भएदेखि नै मनको कुरा खुलेर गर्थ्यौं। अनि दिन भरी कता कता गयो घाम डुब्नेबेला लुङ्वा होटेलमा नास्ता गर्यो।कहिले तालतलैया कहिले बुढासुब्बा कहिले भेडेटार अाहा.....!

हो प्रतिमा त्यो हाम्रो प्रेम न बसनात्मक थियो न त कुनै स्वर्थ नै। थियो त समपर्ण अनि त्याग...... कुरैकुरा मा भन्थ्यौं "मलाई कति माया गर्छौ ? " म अवाक हुन्थें। कति सुन्दर थिए ति दिन । हामीले नास्ता गर्ने ठाउँमा तिमीलाई कोको भनेर सोध्दा हामी श्नीमान श्नीमति भनि जवाफ दिन्थ्यौं। मैले तिमीलाई प्रथम पल्ट स्पर्श गर्द कस्तो समर्पण भाव थियो है। म तिमीलाई जीन्दागीभर भुल्न चाहेर नि सक्तिन। तिम्रो शालिनता तिम्रो आदर्श साह्रै सह्रानीय थिए। तर हामी अहिले संगै छैनौ। यसो हुनुमा तिम्रो कुनै दोष छैन छ त हाम्रो किस्मतको। त्यसैले त प्रतिमा तिमीलाई जेजे भनेको छु माफी चाहन्छु। जेजे गरे त्यो समयको परिबन्द थियो। तिमीले बुझ्छ्यौ। तर हाम्रो सम्बन्धमा परिवर्तन आएपनि मायामा कुनै कमी आउने छैन। प्रतिमा प्रेम गर्नुको अर्थ यो मात्रै पनि होइन की एक आपसमा बिहे होस।सहि प्रेम त यो हो कि एक आपसमा बिहे नगरी माया गरिरहेस्। ताकी पलपल याद आइरहोस्। कुरा भइरहोस् सदासदाको लागि..... तिमीले नै भन्थ्यौ त सधै भेट भाको त के मज्जा? लुकी लुकी माया गर्दको मज्जा बेहद हुन्छ भनेर....। हो म पनि यहि नै चाहन्छु। कदापी हाम्रो माया मार्ने छैन। कलेजीको थैलीमा कसेर राखेको छु।......अन्त्यमा तिम्रो भबिष्यको फुलोस फलोस।
. उहि तिम्रो स्पन्दन
कोहि संग नाम मेल खाएमा संयोग मात्र हुनेछ।

No comments:

Post a Comment