Thursday, 24 November 2016

गजल


प्यार गर्दैमा आफ्नो सारा नहुने रहेछ 
खसाल्छु भनेर जुन तारा नहुने रहेछ

मेरो चोखो मायालाई मारी जाने मान्छे
अचम्म छ यार ऊ हत्यारा नहुने रहेछ

आज हाम्रो पहिचान नेपाली भनेपनि
मधेसी,पहाडिमा भाईचारा नहुने रहेछ

कहाँ जाने कता जाने बाटो भेटिएन
सधैं चोकमा लगाएर नारा नहुने रहेछ

यसकारण "सप्पु" ले भट्टि रोजेकि हो
दुखमा आफन्तको साहारा नहुने रहेछ
सपना घिमिरे
सपना घिमिरे

No comments:

Post a Comment