कस्लाइ सोधु कस्तो हुन्छ अधर पिरतिको
खै ! कसरि पूरा गर्ने होला रहर पिरतिको
खै ! कसरि पूरा गर्ने होला रहर पिरतिको
कताकती दुखे जस्तो बेचैन हुन्छ अचेल
भन्न पनि सर्मै लाग्ने असर पिरतिको
भन्न पनि सर्मै लाग्ने असर पिरतिको
उमेर होकि बैँस एस्तो छुट्याउनै गाह्रो भो
कोहि त देखाइ देउ मलाइ सफर पिरतिको
कोहि त देखाइ देउ मलाइ सफर पिरतिको
सपना बिपना जताततै देख्न थाले फिक्का
यी आखाले खोजी रहन्छ नजर पिरतिको
यी आखाले खोजी रहन्छ नजर पिरतिको
कस्लाइ सोधु कस्तो हुन्छ अधर पिरतिको
खै ! कसरी पूरा गर्ने होला रहर पिरतिको
खै ! कसरी पूरा गर्ने होला रहर पिरतिको
साहिंशा सुब्बा
साहिङ्शा सुब्बा
No comments:
Post a Comment