Thursday, 24 November 2016

गीत


झुत्रो झाम्रो लुगा लाउँछ कठै त्यो को होला
फोहोर टिप्दै हिँडेको छ हातमा बोकि झोला

सडकको पेटिमा छ उसको न्यानो बाँस
फोहोरकै डङ्गुरमा छ उसको मिठो गाँस
कहाँ होलिन आमा उसको बाबू को होला
फोहोर टिप्दै हिँडेको छ हातमा बोकि झोला

फ्याकिएको खाना खान्छ धान्न लाई सास
धेरै दिन बाँच्छु भन्ने छैन उसलाई आशा
दया गर्ने छैनन् कोहि यो भाग्यको खेल
फोहोर टिप्दै हिँडेको छ हातमा बोकि झोला

Pabitra Rai

No comments:

Post a Comment