Thursday, 29 December 2016

मुक्तकहरु

मुक्तक 1
कसैको माया लुकीराछ यो दिलभित्र।
आथाह प्यासले सुकीराछ यो दिलभित्र।
प्रेमलाई फूल सम्झिनु भुल होला सायद,
काँडा बनि मुटुमा दुखिराछ यो दिलभित्र।

मुक्तक 2
मलम पट्टी खोजि रहेछ घाउ खाटोले।
बिदेशी पाइला पर्खिरहेछ यहि बाटोले।
हे ! युवा हो आफ्नै भुमीमा केहि गर न,
भन्दै आँसु चुवाउदै छ नेपाली माटोले।

मुक्तक 3
यो दुनियामा काखैमा काखबत्ती बालेर गई।
मन मन्दिरमा पसी अनि लाखबत्ती बालेर गई।
अमृत भनि बिष पिलाई म अबोधलाई हेर्द हेर्दै,
भगवान आज मेरै लासमा दागबत्ती बालेर गई।

Mandeb Pyasi 

केस्रा

अन्धविश्वास

स्वच्छ मानसपटल भगाएर
मानवता ढलमा नै बगाएर
गरिब असाह्या र विधुवालाई
बोक्सीको आरोप पनि लगाएर
धर्म प्रति इच्छाशक्ति भगाएर
हिंसा गर्न उत्सुकता जगाएर ।
०७३/९/१३
पृथक प्रकृति

Wednesday, 28 December 2016

गजल

बर मात्रछ गाउँमा अचेल पिपल छैन काका ।
पै'ला जस्तो चौतारीमा शितल छैन काका ।

राम्रै लाउनु मिठै खानु काम नगर्नु भन्छन्
गाउँले जीवन पनि अचेल सरल छैन काका ।

मदिराको चुस्की संगै शिखर खोज्छन् सवै
द्यौरालीमा चिया, बिँडी पसल छैन काका ।

फाँडी सबै रुख बिरुवा बिनाश गरि दिए
उ बेला झैँ बस्तु चर्ने जङ्गल छैन काका ।

कृषिप्रधान देशमा अन्न बिदेश बाट आउँछ
गैरीखेत छ बाँझै घरमा चामल छैन काका ।
© लेख कार्की
२०७३/०९/०१
लेख कार्की

गजल

जित होस हार बजाइदिन्छौ ताली र पो माया लाग्छ
मेरा हरेक गल्ती मा गर्छौ गाली र पो माया लाग्छ
जिन्दगिको बाटो बिराएर भौतारिएको बेला मलाई
सधैं आफै संग राख्छौ सम्हाली र पो माया लाग्छ
मन मूटु चुडिएर घाएल भै कुनै बेला आशु खस्दा
कखमा राख्दै भन्छौ नरोउ काली र पो माया लाग्छ
औशिको रात सरी अन्धकार मय मेरो यो जीवन मा
छरछौ उज्यालो प्रेमको दियो बाली र पो माया लाग्छ
बिमला दाहाल
काठमान्डौ
Bimala Dahal

गजल

प्रेम कहिल्यै गरेर सकिँदैन
जस्तो कि नदि बगेर सकिँदैन

तिम्रा जस्ता मेरा जस्ता कति
छन कति जिन्दगी पढेर सकिँदैन

सब गर्नु, मसंग झुट नबोल्नु
यस्तो कुरा हेर सहेर सकिँदैन

यो ग्रुरुर यो घमण्ड छोड सबैसंग
मीठो बोल बोलि बोलेर सकिदैन

रात कम हुन्छ दिन कम हुन्छ
तिमिलाइ तर सम्झेर सकिँदैन

आमाको दुख बाको परिश्रम
यो गजलमा लेखेर सकिँदैन
~~071-3-12
Suman Smarika

चन्द्री मोक्तान तामाङ"खुशी"का मुक्तकहरु

1)
म त पल पल मरेर बाँचेकी छु।
पीडा लुकाई तिम्रो सामु हाँसेकी छु।
स्वर्ग नर्क अलग छ लैजानु साथमा।
आधा बित्याे बाँकी चाेला साँचेकि छु।
2)
नसाेधी एकै वचन टाढा तिमी किन गयाे।
लाग्दैन यस्तो अब मुस्कुराउने दिन गयाे।
बादल फाटी नियाल्दै हाँस्छे घामजून पनि।
अचेल लाग्छ मेराे खुशी सुखैसुख लिन गयाे।
3)
आत्मा भित्र खोजी गर्नु खुसी हुन्छ जहाँ ।
दिलबन्दी बनाइ राख्नु माया हुन्छ त्यहाँ ।
खुसी बिनाको जीन्दागी अधुरो अपूर्ण ।
पिडा संगै रम्छे खुसी छोडेर जानु कहाँ ॥
4)
आगो सरि दन्किदैछ दनदनि।
हाँसि नै रहे ऐया सम्म नभनि।
पिडा ब्यथा चर्किसक्यो मनभरि
तिम्रै निमित्त बाँच्दै छु तर पनि।
चन्द्री मोक्तान तामाङ"खुशी"
अत्तरपूर-पाँच,सिन्धुपाल्चोक।
Chandri Moktan Khusi

ख्युक्वा


जिन्दगीको कथा

कन्यामैको सेरोफेरो
जिन्दगानी तेरो मेरो
          तर
मारी लानु केनै छर
बाचुन्जेलै छैन भर ॥



ताले हिम जेठा 'पछेवा'

गजल

तिम्रो मेरो सम्बन्धमा कुरा चल्न थाले ।
हाम्रो प्रेमदेखि सारा सारा जल्न थाले ।
रुप तिम्रो अनि अधरको मुस्कान देखि
माया गर्छु भन्नेहरु बिना सित्ती बल्न थाले ।
गुलाबको फूल , आकाशको तारा झार्नेहरु
आजभोली बगर बगर ढल्न थाले ।
सके सम्म प्रयास गरे हामी बिच छुटाउन
आखिर असफल्ताले आफै आफै गल्न थाले ।
========================
लाल बहादुर थापा (L.B.)
दमक- झापा, नेपाल
Lal Bahadur Thapa Kshetri 

गजल

साच्चै,उनले र मैले गरेको थियो प्यार अनौठो
त्यसैले मिलेन कहिकतै हाम्रो बिचार अनौठो

नजलाउनु त भन्दै थियौ त्यो दिलको बस्ती
खरानिमा मिल्नै पर्ने प्रेमको सस्कार अनौठो

एउटै गन्तब्यलाइ निसानी बनाएर पनि हामी
कता छोडियौ कता,समयको रफ्तार अनौठो

आसा बिश्वास भरोसालाइ एकैपल्ट तोडिदिने
दुई मुटुलाइ जोडेर बनाएको दिवार अनौठो

न जितेर गयो आफै,न त जिताएर गयो मलाइ
कसरी बयान गरौ यहाँ त, भयो हार अनौठो

साहिंशा सुब्बा

Wednesday, 7 December 2016

गजल

अधरमा छ सागर बगरमा छ तृष्णा।।
कसैले नदेख्ने नजरमा छ तृष्णा।।

छिचोल्दै अँध्यारो फिजाएर ज्योति।
बिहानी खुलेको खबरमा छ तृष्णा।।

कदम छन् निरन्तर सफल हुन्छ हुन्न।
झिनो आश बोक्दै सफरमा छ तृष्णा।।

भए जिन्दगीको समरमा पराजित।
बिधाता हुँ आफै बदरमा छ तृष्णा।।

नशा हो कलमको म साहित्य रोगी।
गजलको छु प्यासी बहरमा छ"तृष्णा"
बहर -मुतकारिब सालिम
रुक्न १२२-१२२-१२२-१२२
बिन्दा लामा"तृष्णा"
तिनकन्या६सिन्धुली
हाल:टर्की

गजल


कुन शब्दले बयान गरौं मुस्कान अधरको
साँच्चै सुन्दर लाग्छौ तिमी या दोष नजरको

भ्रम होकि जहिंतही तिमी मात्रै पाउंछु यहाँ 
बात गर्छन् तिमी बनी मुर्ती सारा पत्थरको

मग मगाइ बस्ना छर्यौ मेरो यो जीवनमा
केही रहेन मोलै आज सुगन्ध ति अत्तरको

कहाँँ बाट आयौ तिमी मेरो लागि सृजिएर
डाहा गर्छन अप्सरा ति ईन्द्रपुरी शहरको

Rai Baburam
राइ बाबुराम
काठमाण्डौ

गजल

अम्बा खाएर अनी,स्याउ खाएर
लड्दै छु मृत्युसँग,पुलाउ खाएर
बाँचुला म हजुर,चपाउदै खजुर
कहिले सम्म चना,केराउ खाएर
जिन्दगी रोजिन,खोज्दै खोजिन
भविष्य बदल्न,चाउचाउ खाएर
चलाउछन् छुरा,बनाउछन् टुहुरा
साना साना चल्ला,माउ खाएर
बेग्लै छ परिचय,मेरोपनि महोदय
कोही संग्रामी बन्दैन,भाउ खाएर

Pratik Sanggrami

गजल


मिलाउन खोजेँ ,हिसाब मिल्दै मिलेन ।
के बिग्रेको रहेछ खै ,भाव मिल्दै मिलेन ।

एक्लो जिन्दगी सफरमा नमजा हुँदा ।
गरेथेँ कसैलाई ,प्रस्ताव मिल्दै मिलेन ।

गाउँमा आफ्नै पाराले जिविका चल्थ्यो ।
शहरमा आए पछि, लगाब मिल्दै मिलेन ।

के गर्दै थिएँ गलत वा सहि आफ्नै पाराले ।
हेरिरहेका रहेछन् , सुझाव मिल्दै मिलेन ।

सफल हुनको लागि कर्म गरेकै थिएँ मैले ।
रहेछ मेरो भाग्यमा ,दबाब मिल्दै मिलेन ।
कृष्ण खड्का
कृष्ण खड्का
गुल्मी

गजल


म निस्की सकेको मान्छे हुँ यस्ता ख्याल बाट
कि संसार कस्तो देखिन्छ सियाको प्वाल बाट!!

अचेल उल्टो हिडे जस्तो लाग्छ समय अक्सर
केही छुटे झैँ लाग्छ यी महिना साल बाट!!

आमा भुइँ कहिले आकाश देखाउँछिन् सोध्दा
कस्तो देखिन्छ भत्किएको घर तृपाल बाट!!

झ्याल फलामको र भित्ता सिसाको के बनाएँ
अनुहार हाम फाल्न थालेका छन् पर्खाल बाट!!

म नाथे के जवाफ दिन सक्थे स्वयम् जवाफ
जब सवाल भएका छन् तिम्रा सवाल बाट!!
सुरेश प्रसाद 'अर्याल कान्छो'

Monday, 28 November 2016

सोच्दैछु अचेल

सोच्दैछु अचेल

केसामीको छाला सुकाएको ठाँउ
सेहोनाम्लाङ् कोक्मामा
आफ्नै वंशहरुले 
आफ्नै वंशजको
छाला काढेर सुकाउन तल्लिन
लिम्बू समुदायहरुको
दुर्गन्धित विवेक देखेर 
दुःख महशुस हुन्छ

मेरो ध्यान छ,
ति ढिलो चाडो
कालीदास वा रत्नाकार
बाल्मिकी जस्तो विदुर बनुन 
तर कहिले हो 'थी'ले प्रदुषित
तिनीहरुको मगजमा
सिङ्जाङ्गोफूङ्को वासनाले भरिएर
स्वच्छ बनी सेक्मुरीफुङ्ले 
माङ्गेना गर्ने दिन आउला ॥


Thakuhang Mering Sangbangphe 

कल्पनामा हराउदा खेरी

खुसीका किरण छर्लङ् थियो मनमा उमंग धेरै
थियो हामी दुई पहिलो पल्ट मिलन हुदा खेरी ।।

आफुलाई संसारकै भाग्यमानी ठाने लज्जालु
बानी मज्जाले दिल खोली तिमी बोल्दा खेरी ।।
सुन्दर रुप तिम्रो मन मोहित पार्ने चाल तिम्रो
हराएको हुन्छु धेरै तिम्रै याद मा डुब्दा खेरी ।।

सपना देख्दा झस्किन्छु एकान्तमै टोलाउने गर्छु
अनायसै आशुं बलिधारा तिम्रै यादमा डुब्दा खेरी ।।
संङ्का लाग्छ अचेल मनले चाहाने भाग्यले  साथ
नदिने हो कि कतै सधैँ को परदेशी बन्दा खेरी ।।
परदेशी बन्दा खेरी ..........।

Prakash Ghimire
प्रकाश घिमिरे “अन्जानयात्री “
रकुवा ३ नवलपरासी हाल
कतार बाट

मुक्तकहरु

तिम्रा सबै आफन्त लाई म मरेको खबर बताउनु 
सक्छौ भने अन्तिम उपहार स्वरुप कात्रो पठाउनु 
समसान घाट्मा दनदनी मेरो लासको चिता जल्दा
खुसी हुँदै मलाई छेक्ने तिम्रो दिलको पर्दा हटाउनु


खोजी हेर दुख्ने मन सधैं मुटु भित्र भेटिन्छ
जिबन सफरमा कतै शत्रु कतै मित्र भेटिन्छ
हेर्दा मान्छे मिल्दोजुल्दो तर पनि अनौठो
फरक यहाँ असली, खराबी चरीत्र भेटिन्छ 

ओधान झैँ जलि - जलि बाँचेको मान्छे म
अग्नि पथमा आगो माथी नाँचेको मान्छे म
तिमिले घरीघरी रेटी रहँदा के दुख्थें र अब
अचानो भइ चोट सहँदै हाँसेको मान्छे म

नत फूल फरक लाग्छ  न त पात नै
नत दिन फरक लाग्छ  न त रात नै
एकै रंगको देख्छु दुनियाँ आजकाल
नत धर्म फरक लाग्छ न त जात नै

विकृति फैलिएको यो शहर फेरिने छ
भ्रष्टाचार अपराधको नजर फेरिने छ
जागौँ युवा एक भइ यो देश बनाउन
विकट बस्ती अनि गाउँघर फेरिने छ 

Sahayaatry Coly
रेखा सागर "सानु दिनदु:खी"
जाँते, उदयपुर
हाल : प्रबाश

गजल

रमिता बनाउंछ्न तमासा बनाउंछन
नग्याउंछन् पैले र पछि कथा बनाउंछन

भरोसा उठिसकेको छ यी मान्छेहरुबाट
रंगिनलाई पनि यिनिहरु सादा बनाउछ्न

जमाना यति भयंकर भैसकेको रहेछ कि
घाङ्घर पनि काटि काटि अाधाबनाउछन

सास चल्दैन ,धड्कन चल्दैन उसको
बनाउनेले निर्जीव खेलौना बनाउंछन

राई अनू पृथक

गजल

घरमा आमा-बाबुको अर्कै कुरा।
मनकी प्यारी,सानुको अर्कै कुरा।।

भएर ऋणी, जीवन बाँच्न गाह्रो,
नतिर्दा ऋण,साहुको अर्कै कुरा।।

भन्छिन् उनी, मूग्लान जाऊ बरु,
मान्दैन मन,आफूको अर्कै कुरा।।

यो मन संग, बहस चल्दा मेरो,
गह भित्रको,आँशुको अर्कै कुरा।।

Kulunge Raee Kanxo

गजल

ढुङ्गा कुदेर मान्छे ले आकार बनाए
पुज्दा पुज्दै त्यसैलाई अपार बनाए।।

लाखौं लाख जन्मिए राम संसारमा
सीता दोषी छन् भन्दै जार बनाए।।

कति अक्कलमन्द छन् मान्छेहरु
घर फुटाएर मौरीको घार बनाए।।

यो बिज्ञानको युगमा नै आजभोली
बिद्वानले केवल आफ्नो हार बनाए।।

विध्वंस धेरै भयो पृथ्वीमा त्यसैले
लेखक ले कलममा नै धार बनाए।।

Mohan Pyashi
मोहन खड्का " प्यासी"
चानुवा~३ नाम्फु धनकुटा
हाल मलेसिया

मुक्तकहरु

खप्पिस रहेछौं रोधि वार धाउन लाई
चुस्किको तालमा पिरती लाउन लाई
मातिएर पागल पन नदेखाउ भो अब
फालेर इज्जत अाफ्नै गित गाउन लाई।

मनको पिर व्यथा बुझ्दिने तिमी मेरी अामा
झर्दा अाँखा अाशु पुछ्दिने तिमी मेरी अामा
अाफु गुमनाम भएर मलाई सुमनाम बनाउन
दुनियाँ को सामु झुक्दिने तिमी मेरी अामा ।

अर्काको को निम्ति आँसु झारेर के गर्ने
नपाउने चिजलाई समय सारेर के गर्ने
जे गर्छ सबै भाग्य अनि समय ले गर्छ
मान्छे भए पछि हिम्मत हारेर के गर्ने।।
Sandhya Sapkota
सन्ध्या सापकोटा

गजल

माया लाउनै थिएन सिमा नाघेर॥
मिलन त हुनै दिएन सिमा नाघेर॥

मैले यति चाहान्थे कि प्रियतमा॥
तर रात मागिएन सिमा नाघेर॥

अझै माया गर्छौ तिम्ले मलाई॥
मैले याद राखिएन सिमा नाघेर॥

बरू जवानिको स्वाद चखाई दिनु॥
अन्तै हात थापिएन सिमा नाघेर॥

लोचन 'फुलको थुँगा' 
लोचन फुलको थुँगा

घामलाई चिट्ठी छायाँको

साथ टुट्यो भरोसा टुट्यो किन टुटेन मन चै । भक्कानो फुट्यो भाग्य फुट्यो फुटेन मन चै ।। ......‘सुनेको थिए जुन हामी पाउदैनौ हो तेस्को बढी महसुस हुन्छ’ लाग्थ्यो यो दन्त्यकथा हो तर होइन रहेछ । घाम तिम्रो आँखालाई भार भए म । तिमिलाइ लागेछ यो एउटै मान्छेको अनुहार हेरेर कसरी जिन्दगी चलाउने तर खै यो पागल मन....... संसारमा तिमिले यसरि मन जित्यौ । यसरी जित्यौ तिमी सामु पुग्नसाथ सर्पले बिष पिलाएर लट्टाएझैं... तिमिलाइ जत्ती हेरेपनी हेरुँ हेरुँ भन्थ्यो । मन तिमि जस्तो हजारौं घामहरु मेरो भिख माग्न आउथे तर खाली फर्कन्थे म जस्तो कठोर मनलाइ कसरी कोमल बनायौ जब जिन्दगीभरी तिमिप्रती कोमलनै रह्यो मेरो मन... ।
जब म तिमिप्रती समर्पित भए तिमिबिना बाँच्न नसक्ने भए । तिमिलाइ याद त नहोला तर मलाइ याद छ तिमिलाइ म सोध्ने गर्थेनी घाम तिमिलाइ मेरो माया कत्ती लाग्छ ? कहाँ लाग्छ ? तिमी भन्थ्यौ धेरै लाग्छ अनि मनमा लाग्छ तर म भन्थे मैले त तिम्रो माया मनमा होइन किनकी मन जुठो हुन्छ हजारौं हजारौंले मन दुखाको हुन्छ तेसैले तिम्रो माया मेरो प्रत्येक नशा नशामा राखेकिछु हो जसरी यो नशा नशामा रगत बगिरहेको छ त्यसरिनै तिम्रो माया मेरो रगतसरि सल्बलाईरहेको छौ । यो एउटा मात्र नसा चुड्यो भने हामी अपांग हुन्छौं हो तेस्तै हो तिमी तेहि भनेको थिए र भनिरहन्थे म....... । सत्य मान्छेअरु कहिल्यै जिउँदो नरहदो रैछ मात्रै एउटा आकृति... । ‘मर्नु भन्दा बहुलाउनु बेस’ साला जिन्दगी.... मलाई ढाँटेर गयौं कहाँ हरायौ हराउनुमा तिम्लाई छुट्टै आनन्द थियोे होला सायदै तर मलाई के बित्यो त्यो त मलाई मात्र थाहा छ तिमिसित हिडेको त्यो सतहहरु छोएर रोँए तिमिले थप्पड हानेको यी गालाहरु सुमसुमाएर रोँए त्यो चार तले बिल्डिङको छतमा प्रतेक रात सुनसान रात त्यो जून त्यो ताराहरुलाई सोधे मेरो घाम खै ? भक्कानिदै थिएँ म मुर्छित हुँदै थिए म मेरो चिच्चाहट सुनेर उनिहरु अवाक भए बिपरित दिशातिर फरक्क फर्किएर टक्क अडिन्थ्यो....... । तर न मन मान्थ्यो न आशु रोकिन्थ्यो त्यो पल त्यो पल तिमी हजारौं हजार तिम्रो तिम्री छायाँहरुसित थिएछौ तिमिलाई उल्लास, मोज, रंगमञ्च थिएछ...... । बिगतमा धेरै मिठो बातहरु दियौं । माया प्रेमले लेखेको खातहरु दियौं । मेरो आँसु बगेपनि तिम्रो स्वर्ग बस्या, बैमानि रैछौ घाम तिमी घातहरु दियौं । हामी पहिले ठिक थियौ तिमी मेरो तारिफ गथ्र्यौ म तिम्रो तारिफ अनि कत्ती कत्ती खुशीमा रमाउथ्यौ न हाम्रो भेट हुन्थ्यो न भेट्न जरुरि ठान्थ्यौ न त हामी टाढानै थियौं शरीर टाढा भएपनि मन टाढा थिएन । हो त्यही माया जाति थियो तिमिलाई म कत्ति धेरै सम्मान गर्थे तिमी कत्ति सम्मानित थियौं र पनि गरिरहुँ भन्थ्यो यो मन । महिनौ सम्म कुरेर आएका ती सुन्दर अक्षरको मिलेका पंक्तिहरु कत्ति भाब बिभोर भएर पढिन्थ्यो आहा......... । अक्षरको प्रत्यक शब्द शब्दमा बिलिन बिलिन हुन्थ्यौ... । हो घाम तिमी जहाँ भएपनि म जहाँ भएपनि हामी खुस थियौ हाम्रो नाता पबित्र थियोे निश्चल त्यो झरनामा झरेको पानी के निश्चल..... अफसोच हामी बिचमा सम्पर्क बिहिन भयौ आखिर जाति थियोे तर पापी समयले धेरै बर्षको अन्तरालमा फेरि उहीँ माया उहीँ समर्पण हुन थाल्यो सायदै तिमी घाम अनि म छायाँ भएर होला फेरि भेट भो हाम्रो पापी समय दोषी छुटाउनु थियोेत भेटाउनु किन ? पछाडिबाट रेटाउनु किन ? .........घाम प्रमिस गरेर भन्नुपर्दा त्यो पल तिमी धेरै खुशी थियौ किनकी तिमिले मलाई धेरै खोज्यौ धेरैलाई सोध्यौ तर मैले तिमिलाइ न खोजे नत कुनै बिस्मत थियो हो आज सम्झन्छु त्यो पल तिम्ले खोज्यौ जाहा केही बिग्रेकै थिएन तर जब म आज खोजिरहेछु कि..........आज थाहा भो पुरुष र नारिबिच यसरी जात छुट्टीन्दो रैछ हिजो तिम्ले खोज्नुमा कुनै आपत्ति थिएन तर आज मैले खोज्नुमा कत्ती कत्ती बाधा अड्चन र आपत्तिहरु अनि बाध्यतपनी...... । घाम दुईपल होइन हाम्रो माया हामीले एकजुक पार गेरेको हौ कत्ती धेरै माया गथ्र्यौ तिम्ले मलाई । हो त्यो माया देखेर कत्तिले ईष्र्या गर्यो साध्य भएन हामिबिच नत कुनै सङ्का थियो नत कुनै मन मुटावनै यस्तो माया थियोे हाम्रो जो साराले गीत गाउथ्यो घाम तिमिले दुइदिन भएपनि धेरै माया दियौ हो तेत्ती दिएछौ जिन्दगीभरीको लागि नमिटिन्ने हृदयको कोसौ भित्र जो झिकेर फाल्नै नमिल्ने...... हो घाम मुनामदन झै थियौ हाम्रो तारिफ गर्थे त्यो सारा प्राणिहरु । अझै जिबितै छ हो म तेहि तारिफसङ्ग यसरिनै हराउँथे तिमी बस्ने घर जो आकस कत्ती रमणीय कत्ती मनोरम कत्ती सुन्दर आहा तिम्रो त्यो घरदेश परिवेश सङै परिचयको हातेमालो गर्दै घरसंसार बसाउथे तर छायाँ त स्रिफ धरतिको हो त्यो आकशको सपना देख्नु ‘बसेको चरा उडाउनु मात्रै रैछ’ म तेत्ती माथी पुगेछु कि झर्नसाथ खरानिको डल्ला फुटेझै ध्वास्त ध्वास्त........... । आखिर सपनात सपनानै हुँदो रैछ घाम मलाई के थाहा तिम्रो छायाँहरु दायाँबायाँ छिन् भन्ने । म त तिम्रो रोएको बेलाको रुमाल थाकेको बेलाको चौतारी प्यास लागेको बेलाको पानी भिरबाट उक्लिदाको लहरा मात्रै यत्ती रहेछु । तर माँ कसम मैले संसार बिर्सेर तिमिलाइ सम्झेकी थिएँ र अझैपनी यो तन मनमा मात्रै तिमी हुन्छौ हरेक एकान्तमा तिमी मात्रै आउँछौ आखिर आखिर किन ??? के यो संसारमा तिमी मात्रै मेरो लागि बनेको हो र ??? तिमिले दिएको हरेक उपहारहरु हेर्छु छुन्छु आँखाबाट अनयसै झर्छ आँसु न तिमी आसु सङ्ग बग्न सक्यौ न तिमी हाँसोसङ्ग रम्न सक्यौं न त मेरो नशाहरुबाट सल्बलाउननै छोडयौ तर तिमी अर्कै छायाँसित रमेको छौ मलाई मात्रै होइन यो संञ्जालभरि उनिसङ्गको तिम्रो हजारौं मुर्तरुपहरु हासिरेको हुन्छ अनि भनिन्छन् । ‘पबित्र मनैमा बिसाउने बिसाउदा कोहि छकी रिसाउने’ वाव.....कत्ती पबित्र मन अरुको जीउँदै शरीर पोलेर खारानि बनाउने उस्को पबित्र मनलाइ यो छायाँको आकृतिले सलाम गरिन गर्छिन सदा सर्बदा .... मलाई सार्है अचम्म लाक्छ आखिर हजारौ घामहरु न्यानो पार्न आए उजाड भएको बस्तीमा हरियाली बनाउन आए तर किन............... जबदेखी मैले तिमिलाइ यो मन मन्दिरको गेट खोली प्रवेश गराएनि जुन ताल्चा फेरि अर्को घामलाइ दिन सकिन के यो मेरो माया हो ??? कि पाप ??? हो जब म तिमिलाइ सम्झन यादमा राख्न पाउदिन तब म दोस्रो घामलाई जन्म दिन चाहान्न कहिलेपनी अपनाउन सक्दिन प्लिज घाम भन के यो मेरो कम्जोरी हा ? कि भुल ??? तिमिलाइ एकचोटि टाढैबाट हेर्न मन छ अनि दुनियाँ देखि लुकेर तिमिलाइ अङ्गालोमा बेर्न मन छ के तिमी सहमती छौ ? तिम्रो अङ्गालोमा बहुपासमा रहेर यो संसार थर्कनेगरी बेस्सरी रुन मन छ मात्रै एक चोटि तिम्री ती साथकी छायाँलाई छलेर मलाइ एक पल मात्र एक पल समय दिन सक्छौ ??? मेरो कस्ले कत्ती चासो राख्छ कत्ती गुनासो पोख्छ यात कत्ती आलोचना गर्छ मलाई तेस्को कुनै प्रवाह छैन तर तिमी जे सोच तिम्रो कसम मैले जत्ती माया समर्पण बिश्वास अरु कसैले तिमीलाइ गरेछ भने त्यो स्वार्थ हो तिमी भ्रममा हुनेछौ र तिमी एकदिन तेहि गुमिसकेकी छायाँलाई सम्झन बाध्य हुनेछौ । एउटा गुनासो म जिउँदैछु मर्न सकिन मरेको भए हाम्रो प्रेम अमर हुन्थ्यो होला तिमिले मेरो गुनगान गाउँथ्यौ होला मलाई धेरै याद गथ्र्यौ होला हगि.... । तेहि मरिन र त तिमी सपनामा समेत आउन छोडयौ थाह छ घाम तिमी सपनामा नआउदा तिमिले मलाई भुलेको हुन्छौ हो भुलिसक्यौ तिम्रो नजरमा म मरिसकेको हुँ तर मेरो नजरमा कहिलेनी मर्न सक्दैनौं जब मेरो सास रहन्छ । र अन्त्यमा तिमी जाहा छौ खुशी रहनु सुखी रहनु मलाई जिते झै हजारौंलाई जितेर बस्नु ‘तिम्रो तस्बिर हजारौंको नोटमा होस् । सधैंसधैं भरी खुसीको ओठमा होस् । म जस्तो अर्धपागल कहिलेनी नहुनु, जीवन तिम्रो गुलाफको बोटमा होस ।’ उहीँ तिम्रो नजरबाट झरेकी धरतिको छायाँ
                                 Xaya Chamling
(सरी यदि कसैको जिन्दगीमा मेल खान गएमा मात्रै सम्योग सम्झिनु होला ।)


गजल

बगेको आँसु, बल गरि गरि, छेक्दिन अब त ।
गरिबको सपना, नपुग्ने रैछ, देख्दिन अब त ।

मनको ब्यथा, देखाउदा बाहिर, हाँसेर उडाए ।
निस्ठूरी मनको, निस्ठूरी शहर, टेक्दिन अब त ।

पिरतीसँगै, धोकाको बीउ, लिएर आउनेको ।
मुटुमा नाम, लेखाए पनि, लेख्दिन अब त ।

मनको चोट, मनैमा पाकी, मनैमा फूटेनी ।
सान्त्वना रुपि, बोलिले घाउ, सेक्दिन अब त ।


दिपेन्द्र 'अश्रुमाली'
दिपेन्द्र 'अश्रुमाली'
खोटाङ छोरम्बु
सापातेल

Thursday, 24 November 2016

गजल

अनिकाल को महामारी ले छोडेन ढाक्रे दाइ,
सानै उमेर देखि भारी ले छोडेन ढाक्रे दाइ !!

दिनभरी खुईय्या गर्दै हिड्दैछौ उकालीमा,
गरुङ्गो वजन दिक्दारी ले छोडेन ढाक्रे दाइ !!

सुकुम्बासी भएर जन्म लियौ यो धर्ती भित्र,
साहुको ऋृण र बारी ले छोडेन ढाक्रे दाइ !!

आफ्नै माटो मा केही बिचार मारेको छैन यहाँ,
देश भक्त हरुको लाचारी ले छोडेन ढाक्रे दाइ !!

आफ्नो देश आफै बनाउछु भन्ने ईच्छा छदैछ,
तर गरीबी को चिनारी ले छोडेन ढाक्रे दाइ !!


Nayan Biwash Subba
नयन बिवश सुब्बा
म्याङ्लुङ ६, तेह्रथुम हाल साउदी अरेबिया ।

कविता

मृत्युको सौन्दर्य

मृत्युसँग पनि
सौन्दर्यको आयामहरु हुदोरैछ
जस्तो की-
चुडिएपछि सयपत्री गलामा झुण्डिन्छ
चुडिएपछि लालीगुराँस शिरमा अल्झिन्छ
जस्तो की-
चुडिएपछि गुलाफ हत्केलामा अडिन्छ
जस्तो
करोडौं घोचाईपछि ढुङ्गा बन्छ शिलालेख
लाखौ ठुँगाईपछि ढुङ्गा बन्छ शालिक
जस्तो-
हजारौं ठक्करपछि ढुङ्गा बन्छ शालीग्राम
बन्छ पैतालाहरुको निर्मम किचाइपछि -बाटो
बन्छ रङहरुको चिहानघारी -मोनालिसा
बन्छ निधारबाट पसिनाहरु लडेपछि -ग्रेटवाल
बन्छ हावा फूलमा ठोक्किएपछि सुवास
बन्छ बादलले बिश्राम लिएपछि वर्षात
बन्छ रात मुर्दा भएपछि उज्यालो
जस्तो-
नदी बन्छ हिमालबाट निख्रिएपछि हिउँ
समथर फाँट बन्छ भत्किएपछि पहरा
जस्तो-
बन्छ खुकुरी बेहालत पिटिएपछि फलाम
मृत्युसँग पनि सौर्न्दर्यको आयामहरु हुदोरैछ
जस्तो की-
थलापर्छ एउटा बाउ लटरम्म फलाएपछि सुन्तला
मर्छे एउटी आमा जन्माएपछि नयाँ युग
जस्तो की-
फेरिन्छ सिङ्गो इतिहासको स्वरुप
हल्लिएपछि चेतनाको धरातल ।

 -नवीन प्यासी
Nabin Pyassi

कविता


ओई सिम्मा!!
सुन............!!!
म काे हुँ साेच्ने बेलामा
एक आपसमा अझै
लडाउँछाै किन ??????
झिनामसिना सम्बन्ध
फटाउँछाै किन???????
घन्टाै घन्टा खर्चेर
कु रुपलाई परिणत रुपमा
गर्न हुन्छौं जसरि तल्लिन
हाे यसैगरी मगजलाई पनि
बनाउ सुन्दर अनि
साेच पटक पटक
अब
जसरि पाेत्छाै मुहारमा
अनेक रंग बिरंग
मगजमा हृदयमा
पाेत्न पनि सिक्नु
पहिचान,रिमठिम,
इतिहासकाे सत्यता।
दुइसे काेल्टे फेरिसक्याे
बिलम्ब भै सक्याे।
न त साथ न हात नै
सक्याै दिन
खन्छाै खेदाे रातदिन
आखिर किन????
सुन्दरता धनसंग बेच्छाै
स्वार्थमा सत्यता मेट्छाै
पहिरन पहिचान भुल्छाै

मलाई दाेषी
अनि निर्दाेषी तिमी
ठहराउँछाै
दुनियाँलाई किन?
म थेप्चिनिमा मातृत्व ,पितृत्व
लुकेकाे छ बसेकाे छ मन मुटुमा
बगेको छ नशामा रगतमा
तिमिमा मात्र रहेछ स्वार्थ ।
फरक रहेछ मात्र यत्ति
तिमी र म मा।।।।।
ल्हास्साे
फ्याफुल्ल।।
सिम्मा= कान्छी